Posts

Showing posts from January, 2017

रियल मड्रिडको सहज जित, ४ अंकको अग्रता

Image
१७ माघ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ र, चार अंकको प्रष्ट अग्रता लिएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ३-० गोल अन्तरले हराएको हो । त्यसअघि भएको खेलमा बार्सिलोना रियल बेटिसँग १-१ को बराबरीमा रोकिएको थियो, जसको फाइदा रियललाई भएको छ । घरेलु मैदान बेर्नाबाउमा भएको खेलमा रियल मड्रिडले ३८ औं मिनेटमा कोभासिसको गोलबाट अग्रता लिएको थियो । ५१ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै अग्रता दाेब्बर पारे । ७४ औं मिनेटमा इनिगो मार्टिनेजले रातो कार्ड खाएपछि सोसिडाड १० खेलाडीमा सिमित हुन पुग्यो । खेलको ८२ औं मिनेटमा मोराटाले गोल गर्दै मड्रिडलाई ३-० गोल अन्तरको जित दिलाए । जितपछि लिग लिडर रियल मड्रिडको १९ खेलबाट ४६ अंक छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको २० खेलबाट ४२ अंक छ । रियलले एक खेल कम खेलेकाले त्यो खेल पनि जितेमा ७ अंकको प्रष्ट अग्रता हुनेछ । -www.onlinekhabar.com

अघि-अघि बिजुली चोर, पछि-पछि प्रहरी !

Image
१८ माघ, काठमाडौं । गत साता प्रहरीले विद्युत प्राधिकरणकै एक दर्जन कर्मचारीहरुलाई विद्युत चोरीको आरोपमा समात्यो । अहिले उनीहरु थुनामै छन् । आखिर कसको सुराकीका आधारमा प्रहरीले ‘बिजुली चोर’ समात्यो ? यसको भित्री रहस्य भने निकै रोचक रहेछ । भ्रष्टाचार एवं चोरीचकारी नियन्त्रण गर्न एउटा बेनामे चिठी नै पर्याप्त हुने यो घटनाले स्पष्ट पारेको छ । बेनामे चिठीले चिनायो बिजुली चोर दशैंअघिको घटना हो, विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको कार्यकक्षको टेबलमा एक पत्र भेटियो । पत्रमा विभिन्न व्यक्तिमाथि विद्युत चोरी गरी कमिसन खाने गरेको आरोप थियो ।  पत्र लेख्ने मान्छेको नाम थिएन । पत्र बेनामे थियो । कसैले राखिदिएको बेनामे पत्रमा कैयन खोज्न लायक तथ्यहरु थिए । पत्रको निष्कर्ष थियो- विद्युत चोरीमा प्राधिकरणकै कर्मचारीको पनि संलग्नता छ । पत्र बेनामे नै भए पनि त्यसमा केही ‘बिजुली चोर’ हरूको नाम खुलाइएको थियो । उता एसएसपी सर्वेन्द्र खनाललाई पनि दिनदिनै विभिन्न सूचनाहरु आइ रहेका थिए । धाराका मिटर र विद्युतका मिटरहरुमा हुने बदमासीका बारेमा उनलाई धेरैले सुनाएका थिए । तर, चोर सम...

धनगढीको फुलबारीबाट ९५ केजी चरेशसहित एक व्यक्ति पक्राउ

Image
कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फुलबारीबाट प्रहरीले ठूलो परिमाणको चरेश सहित एक व्यक्तिलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । आईतबार दिउसो सुराकीको सूचनाको आधारमा प्रहरीले ५ ओटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा करीब ९५ केलो चरेश बरामद गरेको थियो । क्षेत्रीय अनुसन्धान समूह सुदूरपश्चिमका प्रहरी सहायक निरीक्षकद्घय केशव जोशी र पदम थापाको समूहले देबबहादुर सिंहको घरमा बोरामा लुकाई छिपाई राखेको अवस्थामा चरेश बरामद गरेको हो । सिंहले ४ दिन अघि बझाङको रिलु गाविसका शिव बोहराले विहानै ल्याएर राख्न दिएको र उनी भारत तर्फ गएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक अर्जुन चन्दले सूचनाको आधारमा सिंहको घर खानतलासी गरिएको बताउनुभयो । सिंहलाई ७ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको चरेशको बजार मुल्य अन्दाजी १ करोड रहेको समेत प्रहरी उपरिक्षक चन्दले बताउनुभयो । पछिल्लो समय तस्करहरुले खुला सीमा नाकाको फाईदा उठाउँदै कैलालीका विभिन्न नाकाहरु प्रयोग गरेर चरेश लगायतका अन्य अवैध कारोबारहरु गर्ने गरेको भएपनि प्रहरीले बेला मौकामा मात्...