धनगढीको फुलबारीबाट ९५ केजी चरेशसहित एक व्यक्ति पक्राउ
कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फुलबारीबाट प्रहरीले ठूलो परिमाणको चरेश सहित एक व्यक्तिलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । आईतबार दिउसो सुराकीको सूचनाको आधारमा प्रहरीले ५ ओटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा करीब ९५ केलो चरेश बरामद गरेको थियो ।
क्षेत्रीय अनुसन्धान समूह सुदूरपश्चिमका प्रहरी सहायक निरीक्षकद्घय केशव जोशी र पदम थापाको समूहले देबबहादुर सिंहको घरमा बोरामा लुकाई छिपाई राखेको अवस्थामा चरेश बरामद गरेको हो । सिंहले ४ दिन अघि बझाङको रिलु गाविसका शिव बोहराले विहानै ल्याएर राख्न दिएको र उनी भारत तर्फ गएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक अर्जुन चन्दले सूचनाको आधारमा सिंहको घर खानतलासी गरिएको बताउनुभयो । सिंहलाई ७ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको चरेशको बजार मुल्य अन्दाजी १ करोड रहेको समेत प्रहरी उपरिक्षक चन्दले बताउनुभयो ।
पछिल्लो समय तस्करहरुले खुला सीमा नाकाको फाईदा उठाउँदै कैलालीका विभिन्न नाकाहरु प्रयोग गरेर चरेश लगायतका अन्य अवैध कारोबारहरु गर्ने गरेको भएपनि प्रहरीले बेला मौकामा मात्रै तस्करहरु समात्ने गरेको छ ।
-News24nepal
-News24nepal
Comments
Post a Comment