आन्द्रे रसेलमाथि लाग्यो एक वर्षे प्रतिवन्ध

१९ माघ, काठमाडौं । वेष्टइण्डिजका अलराउण्डर आद्रे रसेलमाथि एक वर्षे प्रतिवन्ध लागेको छ ।
डोपिङ टेष्टमा लगातार तीन पटक अनुपस्थित भएपछि उनी कारबाहीमा परेका हुन् । टेष्टका लागि उनलाई जमैका एन्टी डोपिङ कमिसनले फोन कल गर्नुका साथै इमेल र लिखित पत्र समेत पठाइएको थियो ।
तर, २०१५ को जनवरी १, जलाई १ र जुलाई २५ मा डोपिङ टेष्टका लागि उपस्थित भएनन् ।
त्यही कारण उनीमाथि प्रतिवन्ध लागेको छ । मंगलबारदेखि लागू भएको प्रतिवन्ध २०१८ जनवरी ३० सम्म कायम रहनेछ ।
प्रतिवन्धविरुद्ध अपील गर्नेसहितका सबै विकल्पमा छलफल भइरहेको रसेलका वकिलले बताएका छन् ।
यो प्रतिवन्धको पहिलो असर फेब्रअरीमा हुने पाकिस्तान सुपर लिथ र अप्रिलमा हुने आईपीएलमा उनी देखिने छैनन् । उनले २०१६ मा वेष्ट इण्डिजबाट टी-२० विश्वकप जितेका थिए ।
- www.onlinekhabar.com

Comments

Popular posts from this blog

GEMS KANDA पछि फेरि आयो KMC KANDA !!! (SEX VIDEO )

मेस्सी र नेमारलाई आइयसको ज्यान मार्ने धम्की || २०१८ को बिश्वोकप खेल्दा आक्रमण गर्ने तयारीमा आइएस (भिडिओ)