टी-२० मा धोनीको पहिलो अर्धशतक
१९ माघ, काठमाडौं । भारतका महेन्द्र सिंह धोनीले टी-२० मा पहिलो अर्धशतक बनाएका छन् । इंग्ल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम टी-२० मा उनले ५६ रन बनाएका हुन् ।
३६ बलको सामना गरेका उनले ५ चौका र २ छक्का हानेका थिए ।
धोनी भारतका निकै सफल कप्तान हुन् । हालै मात्र एकदिवसीय र टी-२० का कप्तानबाट राजीनामा दिएका उनले टी-२० मा अर्धशतक बनाउन उनले ७६ खेलसम्म कुर्नु परेको छ ।
यसअघि उनले टी-२० मा ४२ रन बनाएका थिए ।
भारतका लागि सुरेश रैनाले ७६ रन बनाए । उनले २०१० पछि पहिलो अर्धशतक बनाएका हुन् ।
-www.onlinekhabar.com
Comments
Post a Comment