सगुनको मिनी आइपिओ स्वीकृत, किन गर्ने लगानी ?
काठमाडौं।नेपालीले स्थापना गरेको आइटी स्टार्ट अप कम्पनी सगुनले अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन (एसइसी) एक्सचेन्जबाट मिनी आइपिओ जारी गर्न अनुमति पाएपछि लगानीकर्ताको ध्यान तानिएको छ ।
सन् २०१२ मा आएको अमेरिकी जब्स एक्टले स्टार्ट अप कम्पनीलाई थप लगानी जुटाउन मिनी आइपिओ जारी गर्ने अबसर दिएसगै सगुन यस कानुनलाई उपयोग गरेर अमेरिकी सेयर बजारमा छिर्ने सम्भवत पहिलो सामाजिक सञ्जालको कम्पनी हो । सगुनको आधिकारिक पेज www.sagoon.com/invest मा दिएको जानकारी अनुसार सर्वसाधारणले यहि फेब्रुअरी ९ तारिक देखि मिनी आइपिओको सेयर खरिद गर्न सक्नेछन् ।
सेयरको ग्लोबल मार्केटमा नेपालीले स्थापना गरेको, नाममै नेपालीपन झल्कने, नेपालमा समेत कार्यालय खोलेर काम गरिरेहको कम्पनीले सेयर निस्कासन गर्नु मुटुमा नेपाली रगत बहनेहरुलाई गौरवको कुरा हुँदै हो । त्यसमा पनि प्रवासमा रहेका हरेक नेपालीले लगानी गर्न पाउनु अर्को अभूतपूर्व अबसर हो ।
विदेशमा बसेर रातदिन दुख गरेर बचत गरेको रकम कतै लगानी गरेर भविष्यमा त्यसको प्रतिफल खान चाहनेहरुले सगुनमा लगानी गर्दा के होला भनेर सोधखोज गरिरहेका छन् । कसैलाई भर्खर उदाउँदै गरेको कम्पनीमा लगानी गरेर डुविएला भन्ने चिन्ता छ । कसैलाई भने लगानी नगर्दा भोलिको फेसबुक जस्तै बन्ने सम्भावना भएको कम्पनीले तरक्की गरे पछुतो मान्दै बस्नु पर्ने अबस्था आउला भन्ने लागिरहेको छ । यस्तो बेला मेहनतको कमाइ लगानी गर्दा केही कुरा बुझ्नु आवश्यक छ ।
लगानीकर्ताले आफ्नो कमाइ लगाउनुअघि त्यस कम्पनीबारे बुझ्नु आवश्यक छ । सगुन इंक अमेरिकामा दर्ता भएको स्टार्टअप आइटी कम्पनी हो । यसले भारतको नयाँदिल्ली र काठमाडौंमा कार्यालय स्थापना गरेर आफ्ना प्रोडक्टहरु डेभलपमा लागिरहेको छ । एक अर्कालाई सामाजिक संजालमा जोड्ने फरक प्लेटफर्म उपलब्ध गराउने र यसले आफ्ना प्रयोगकर्ता बढाएर गरेको आय तिनै प्रयोगकर्तालाई बाँड्ने विलकूल भिन्न सोच लिएर आफ्नो ब्यवसायिक योजना अगाडि बढाइरहेको छ ।
यसले भर्खरै अमेरिकाको ‘जब्स एक्ट’ अनुसार अमेरिकामा मिनि आइपीओ निस्कासन गर्ने अनुमति पाएको छ । मिनि आइपीओ भोलि राम्रो प्रगति गर्ने सम्भावना भएका कम्पनीलाई विकासको चरणमा आवश्यक पर्ने रकम जुटाउन सेयर निस्कासन गर्न दिइने अनुमति हो । यसमा थोरै आम्दानी भएका ब्यक्तिहरुले समेत लगानी गर्ने अबसर पाउँछन् ।
स्टार्ट अप कम्पनी भनेको भोलि राम्रो विस्तार हुन सक्ने सम्भावना भएको कम्पनीको सुरुआतको स्टेज हो । यस्तो अबस्था फेसबुक सुरुआत हुँदा ताका थियो । अहिलेको सगुनको अबस्था आजभन्दा १० बर्षअघि अहिलेको चर्चित कम्पनी फेसबुकको थियो । लगानी जुटाउन त्यति बेला फेसबुकले आफ्नो शेयर सस्तोमा बेच्नु परेको थियो ।
त्यतिखेर सर्बसाधारणलाई त्यस्ता कम्पनीमा लगानी गर्न पाउने कानुन थिएन । त्यसैले ठूला लगानीकर्ताहरुले फेसबुकमा त्यतिखेर गरेको लगानीबाट १ हजार २ सय गुना कमाइ गरिसकेका छन् । अहिले दोस्रो बजारमा फेसबुकको सेयर किन्न चाहनेहरुले त्यही बढेको मूल्य तिर्नु पर्छ । अहिले किनेको सेयरले त्यति प्रतिफल दिने कल्पना गर्नै सकिन्न । त्यसको बजार विस्तारको सीमा निकै साँघुरो भइसकेको छ ।
सुरुआतको कम्पनी भएको सगुनको भविष्यको अनुमान अहिल्यै लगाउन सकिन्न । त्यसैले यसमा लागनी गर्नु जोखिम मोल्नु जस्तै हो । त्यसैले बजारमा यसको सेयर मूल्य पनि कम छ । हुनतः सगुनको सुरुआतमा लगानी गर्ने संस्थापक लगानीकर्ताको सम्पत्तिको बजार मूल्य अहिले २३ गुणाले बढी सकेको छ । त्यसैले सगुनले प्रतिसेयर २३ डलरका दरले मिनी आइपिओ विक्री गर्ने अनुमति पाएको छ । भोलि यही दरमा मूल्य नबढ्ला भन्न सकिन्न । तर मूल्य बढ्ने ग्यारेन्टी नभएकाले हौसिएर आफूले कमाएको भएभरको सम्पत्ति यसैमा खन्याउनु पनि बुद्धिमानी हुन्न । सगून भोलिको फेसबुक हुन सक्छ । त्यसैले अहिले सगुनमा गरिने लगानी कुनै भाग्योदय चिठ्ठा किन्नुजस्तै हुनसक्छ ।
सेयरमा लगानी गर्नेहरु जोखिम मोल्न हिम्मत गर्नेहरु हुन् । अहिलेको नेपालको सेयर बजारलाई नजिकबाट हेर्नेहरु बजारको अबस्थालाई बुझ्न सक्छन् । नेपालमा प्राथमिक सेयर निस्कासन हुँदा लामो लाइन लाग्ने गरेको छ । भर्खरै निस्कासन भएको फर्वाड कम्युनिटी माइक्रोफाइनान्सको ६ करोड रुपैयाँको सेयरमा ५ अर्बभन्दा बढीको आवेदन परेको छ । उनीहरुले प्राथमिक सेयरमा जोखिम नदेखेर लगानी गर्न तयार भएका हुन् ।
त्यसैले तपाईं जति जोखिम मोल्ने हिम्मत गर्नु हुन्छ त्यति लगानी गर्नु उपयुक्त हुन्छ । भोलि सगुनमा गरिएको लगानी नफर्केने अबस्था आउँदासमेत पछुतो नहुने गरी लगानी गर्नु उपयुक्त हुन्छ ।
सगुनले मिनी आइपीओमार्फत २ करोड डलरको सेयर निस्कासन गर्दै छ । हरेक ब्यक्तिले २३ डलर प्रतिकित्ताका दरले कम्तीमा १३ कित्ता सेयर किन्नुपर्छ । यस हिसाबले कम्तीमा २९९ डलर लगानी गर्नुपर्ने हुन्छ । त्यसभन्दा बढी लगानी गर्न पनि सकिन्छ । सन् २०१४ तिर सगूनले परिवार तथा साथी, चिनेजानेकाहरुबाट लगानी गराउँदा लगानीकर्ताको लागि निकै ठूलो जोखिम थियो । अहिले सगुनको प्रगतिले लगानीकर्ताहरुको जोखिम निकै घटाएको छ । यसले भोलिको सम्भावन देखाउन थालेको छ ।
सगुनले ब्यवसायिक योजना बनाइरहेको छ । मोवाइल एप्सलगायतका प्रोडक्टको विकासमा यसका इन्जिनियरहरु लागि रेहका छन् । यसले स्मार्ट कार्ड प्रचलनमा ल्याउने तयारी गरेको छ ।योगकर्ताहरुलाई आफ्नो कमाइको हिस्सा बाँड्ने योजना बनाएको छ ।
अहिलेका आइटीका ठूला कम्पनीहरु फेसबुक, अलिबाबा, उबर, गुगल, ट्विटरलगायत सबैले सगुनको अहिलेको अबस्था भोगेका हुन् । तिनका लगानीकर्ता अहिले त्यतिकै अरबपति भएका हैनन् । उनीहरुले भविष्य देखेर लगानी गरेका थिए, र त्यसको प्रतिफल पाए । त्यतिखेर ति कम्पनीमा सर्बसाधारणलाई लगानी गर्ने अबसरै थिएन । अहिले अबसर आएको छ । तर नेपाल भित्रबाट भने बैदेशिक लगानी गर्न पाइने कानुन अहिलेसम्म बनेको छैन् तर बिदेशमा बस्ने नेपालीहरुले भने लगानी गरी फाइदा लिने देखिन्छ । आगामी सातादेखि सगुनले मिनी आइपिओ निस्कासन गर्दै छ । स्वविवेक प्रयोग गरेर सगुनमा आफ्नो क्षमताले भ्याउने लगानी गरेर भोलिको उच्च प्रतिफल बुक गर्ने कि ?
-News24nepal
Comments
Post a Comment